Friday, July 19, 2013

सपनाको बाटो

चर्को  घामको  पर्वाह  नगरी  थापाथलीको  फूटपाथमा  हिडिरहेको  थियो  सूर्य मनमा  बेदनाको  गाठो  कसेर   मानब  ताण्डबनाच  हेर्न  काठमाडौँ  पसेको  थियो  ऊ | काठमाडौँको  भिड  देखर  ऊ  छक्क  नपरी  बस्न सकेन । सोच्छ र  सुन्दर  गाउमा  हुर्की-बढेको  मान्छेलाई  एस  सहरको  धुलो  र  नाक  नै  टट्टाउने गन्धले  आकुल  पर्न  लागेको  थियो | ऊ सोच्दै  थियो  येत्रो  ठुलो  सहर,मान्छे  मान्छेको  भिड ,ठुल्ठुला  घर  ,असंख्य गाढी,आकासेपुल  र  टुडिखेल  जहाँ  कयौ  मान्छे  आफ्नो  खेल पर्तिको  तृप्ति मेट्टाउन आज  बिदाको  दिनमा  बेस्त थिए | ऊ  भने  आफ्नै  संसारको  कल्पनामा  डुबेको  थियो ,शोर्णिम भविस्यको  चाहनामा  मस्त  थियो | एकातर्फ  बेचैन  मनमा  विभिन्न  प्रस्नको  अधिबेरी  ल्याउदै  थियो  भने  अर्कातर्फ तिनै  सबालको  जवाफको  लडाई  मच्चाउदै थियो  ऊ पसिनाका  धारा  तपतप  चुहाउदै  हिड्दै  थियो  ऊ  आफ्नो  गन्तब्यतर्फ...........।
       काभ्रेपलान्चोकको उत्तरी  भागमा  पर्ने  सिम्ले  गाउमा  जन्मिएको  थियो  सूर्य उसका  बाबु  ताराप्रसाद  गाउमा  पण्डितयाई गर्थे बचेको  समयमा उनी खेतिपातीमा  बेस्थ रहन्थे पाखामा  २-४  मुरी  धान फल्ने  ढुंगे  खेत  र  एक हल रुखो  बारी  थियो वर्षभरि  काममा  जोतिए  पनि  खान  पुग्ने  अन्न  उब्जन्नाथ्यो | पण्डितयाईबाट  आएको  भेटिबाट  खान  पुग्थ्यो  | पण्डित  ताराप्रसादले  छोरा पाउने  आसमा पाच  छोरी भैसकेका  थिए | घरको  छैटौ सन्तानको  रुपमा  जन्मिएको   थियो  सूर्य | छोराको जन्म  पश्चात निकै  खुसि  छाएको  थियो ताराप्रसादको  घरमा |उनी  आफ्नो  छोरालाई ठुलो  मान्छे  बनाउने  सोचमा  मग्न  थिए सूर्य  तोते  बोलि  बोल्ने  र  अलिअलि  बुझ्ने भएपछि  उसंग भन्ने गर्थे ,'मेरो  बाबु धेरै  पढ्छ  र  विद्वान  बन्छ | मेरो  छोरा  !'.म्वा-म्वा !!
        बाबुआमाको  न्यानो  काखमा  खेल्दै सूर्यले आफ्नो  बाल्यकाल बितायो | एक्लो  छोरा  भएकाले  उसलाई  ढुंगा-माटोको  स्पर्स  हुनसम्म  पनि  दिएनन्  उनीहरुले | जब ऊ  ५  वर्षको  पुग्यो ,ताराप्रसादले  उसलाई  गाउको स्कुलमा  भर्ना  गरे | पढ्न किताब कापीको कमी हुन दिएनन्  ताराप्रसादले । सूर्य पनि आफ्नो  पढाईमा  निखारिदै  थियो । कक्षामा  प्रथम हुन्थ्यो । शिक्षाकहरु पनि उसको  पढाईको तरिफ नगरि बस्न सक्दैनथे । समय बित्दै  थियो,ऊ  बासको तामा  बढे जसरी सलक्क बढ्दै थियो । सनैदेखी गोरो र हसिलो अनुहार ,सबैको मनमा  बसेको थियो ऊ । गाउकै सबैले उसलाई माया गर्थे । उनिहरु भन्थे,'यसले राम्रो गर्च ! हाम्रो गाउको  नाम उचा गर्च,पक्कै यसले !'
         'सबिता!छोरी,छिटो घर आउ त । ए छोरी!!'छिमेकी रमा कराउदै थिइन ।'यो केटीलाई के भको, कहिले पनि घरको बास हुन्न! खानको नि मतलब छैन । एसले त मलाई सताउनु सताइ ।'उनी भुटभुटीदै थिइन । एकछिनमा  सबिता आगनमा  आइपुगि । उसको उमेर पनि सूर्यको जस्तै थियो । उनिहरु एउटा  क्लासमा  पढ्थे । उनिहरुसगै खेल्थे,संगै  खन्थे,संगै पढ्थे । कुनैदिन संगै खेल्न नपाउदा उनिहरु तडपिन्थे । संगै भाडाकुटी , घर बनाउने,गाढी बनाएर खेल्थे उनिहरु । मानौकि सूर्य र सबिता बालप्रेमको सुन्दर नमुना पस्कदै थिए । उनिहरुको मानसपटलमा बलचंचलता पूर्ण रुपमा भरिएको भान हुन्थ्यो ।
           सूर्य अब ८ बर्षको भैइसकेको थियो । उसको छिट्टैनै बर्तबन्ध गर्ने ताराप्रसादको धोको थियो । साउने झरी पारिरहेको थियो , मनाउकि आकाशमा पानीको मुलनै नसुक्ने झै । एक बिहान गाउमा सन्सनीपूर्ण हल्ला फैलियो'पण्डित ताराप्रसाद त खसे अरे। बिहान ४ बजे एक्कशी मुर्छा परे अरे! नकमुखबाट नि रगत अकोथियो रे!'हुन पनि हल्ला सत्य थियो। गाउको माथिल्लो भागमा घर थियो उनको । बिहानीपख एक्कसी उठेर 'स्वा-स्वा'गर्न थालेछन् । आर्धनिन्द्रामा रहेकी उनकि श्रीमतीले चाल पाइछन्। उठ्दा त ताराप्रसाद ढलीसकेका थिए।'के भो तपाईंलाई!कालेका बा,कालेका बा!'उनि उठिन् । आमाको चर्को आवाजले सबैजाना उठे ।मुर्छा परेर ढलेक ताराप्रसाद उठ्ने सङ्केत देखिएन।ठुली छोरीलाई रमाकोमा गुहार्न पठाईन्। रमा र उनका श्रीमान अौनु अगावै ताराप्रसादले यो संसार छाढिसकेका थिए।घरमा रुवाबासी चल्यो। सूर्यले भने के भएको आत्तो पाएको थिएन । मिर्त्यु के हो भन्ने उसले बुझेको थिएन । ८ बर्षमै बाबु गुमाउनु परेको थियो। सेतो कछाड लगाएर बाबु को कजक्रिया गर्‍यो। उसलाई बाबुको मृत्‍युभन्दा सबितासँग खेल्न नपाएर पिडा भएको थियो। बाबु को १३ दिन को पुण्य तिथीसम्म त घरमा आफन्तले उसको परिवारलाई एक्लै महसुस हुन दिएको थिएन। ततपश्सात् घर सुनसान भयो। नितान्त एक्लो । तब  उसलाई एकान्तपनाको आभस भयो। बाबुको नियाश्रो लग्न थल्यो अब उसलाई।
        बाबुको निधनपछि अर्थिक संकटले उसको घरलाई गाज्यो। एस्तोमा सूर्यले बाबुलाई सम्झेर आसुँ खसल्न बहेकको अरु बिकल्प थिएन। दुई छक टर्न पनि समस्या भयो। उसकी आमा अरुको खेतालो लग्न थालिन्।जसोतसो खान पुग्थ्यो।पढ्ने मन भए पनि किताब कपीको जोगो गर्न नसक्दा उसलाई आसध्यै पिडा हुन्थ्यो।"संसार दु:खमा डुबेको छ "भन्ने बुद्ध बाणिको सत्यताको गहिराहि नपिसकेको जस्तो उसलाई भन हुन्थ्यो। दु:,पिडा र सङ्हर्शले मानब जीवनको थप रहस्य उद्घातन गरेको लग्थ्यो उसलाई।संसारको बिचित्रताभित्र हराउन एक्लाई मौन बसिरहन्थ्यो।सुर्योदयका सुकोमल रङहरुले उसलाई अगाडि बढ्न प्रेरणा दिएको भान गर्थ्यो। सोच्थ्यो'घाम जति नै चम्किदै गए पनि ;सझपख अन्धकारले ढाकिन्छ!अन्धकार पश्चात बिहान फेरी सुनौलो किरणहरु नयाँ दिनको सुरुवात गर्छन्!जीवन दिनरातको जस्तो चक्र त होइन??'आफ्नो बहकिएको मनलाई सम्हल्थ्यो ऊ  र सोच्न थालथ्यो आफ्नो भबिस्यको बारेमा। गम्भिर रुपमा।
        गरिबीको चरम उत्कर्समा भएर पनि आफ्नो पढाईलाई सूर्य अगाडि बढाउदै थियो। अब त ऊ क्लास १०मा अाइसकेको थियो। गुरुहरु पनि उसलाई खुबै माया गर्थे । स्कूलको अब्बल विध्यार्थीमा गनिन्थ्यो ऊ। फलामे ढोका भनेर पहिलेनै सबैले डराउन दिन्थे उसलाई। उसको एक मन सोच्थ्यो,'साला कस्तो रैछ यो एस.एल.सी । पास पनि भैइदैनकी क्या हो??'अर्को मन भन्थ्यो,'कसो नभैएलार?? मिहिनेत गरेकै छु!'एस.एल.सीको तयारी सुर्य र सबिता दुबै मन बच्चन र कर्म लगाएर गरे। एस.एल.सी सकियो । आफुले राम्रो गरे जस्तो लाग्यो उसलाई।
     बच्चादेखिको साथी भएर होला सूर्य र सबिता एकदमै मिल्ने साथी थिए। सूर्यलाई किताब किन्न पैसा नहुँदा  सबिताले २-४ दिनको लागि भनी आफ्नो किताब दिन्थि। मानौकि उनिहरु बिच कुनै भावत्मक सम्बन्ध थियो।किशोर अवस्था भएकाले पनि अति नै चञ्चले थिए उनिहरु। 
     कहिले काहि कुरा गर्दा सबिता भन्थि,'स्कुल पछि तिमी कहाँ पढ्छौ??' 
        ऊ बोल्न सक्दैनथ्यो,लामो सास फेरेर भन्थ्यो,'खै मेरो त पढाई येहीसम्म लेखेको जस्तो छ!!' अनि सोध्थ्यो,'तिमी चाहि कता पढ्छौ त??'
      सबिता भन्थि,'म त सदरमुकाम जान्छु।'
          ऊ जिस्किदै भन्थ्यो,'मलाई एक्लै छाडेर जाने हौ??'
          ऊ मुसुक्क हास्थी र भन्थि,'सङ्गै जाउ न त!!हुन्न।'दुबै जना हास्थे मजाले।
      एस.एल.सी दिएको ३ महिना भैसकेछ।रिजल्ट पनि आयो।कक्षाका १७ मध्य ९ जाना पास भएका थिए।त्यो मध्य सूर्य बिशिष्ठ श्रेणीमा पास भएको थियो,सबिता पनि प्रथम श्रेणीमा पास भैइ।स्कुलको प्रथम बिशिष्ठ श्रेणीमा भएकाले हर्स उल्लाष थियो तर सुर्यको मानमा पिडा थियो,अब कसो गर्ने?कहाँ जने?त्यो पिडाभन्दा पनि सबितासँग छुटिने कुराले ऊ निकै भवबिभोर भयो। ऊ सोची रहेको थियो,'म पनि सम्पन्न भएको भए,कति पढ्थे होला?मेरो र बुवाको सपना पुरा गर्थे होला।'यस्तैमा उसका आखाबाट आसुँका सहर्श धाराहरु बग्न थाले। ऊ रोयो!गरिबीलाई धिक्कार्यो अनि आफ्नो मनको बाधलाई फुटाल्यो।"गरिबीलाई संसारबाट मुक्त पार्छु"भने बौलाह काजीको सन्देशलाई सम्झियो उसले। 
      एस.एल.सीको रिजल्ट आएपछि उजाड भएको उसको मन खुशीका क्षणले भरिए जब उसले १० जोड २ मा स्कलरशिप पाएको थियो पढ्नका लागि।ऊ आफ्नो स्कुलका हेडमास्टरप्रति किर्तज्ञ बेक्त नगरि बस्न सकेन।हेडमास्टर सरकै प्रयासले सदरमुकामको एक क्याम्पसमा बिज्ञान पढ्ने मौका पायो।सबिता भने सदरमुकामकै अर्कै क्याम्पसमा पढ्थि। उनिहरु कहिलेकही भेट्ने गर्थे,मनका कुरा पोख्थे।सुर्यलाई सबिता मन पर्न थालेकी थिइ। भित्र-भित्र मन परेपनि उसले भन्न सकेको थिएन।
       ऊ जिस्कीएर भन्थ्यो,'तिम्रो बोइफ्रेन्ड छैन?'
       'छ नि किन नहुनु!'ऊ भन्थी।
       उसको मनमा चिसो पस्थ्यो र याबत प्रश्न सोधी हल्थ्यो,'नाम के हो ,उसको? घर चाहि कता हो नि?'येस्तै यस्तै।
       'मेरो सपनाको राजकुमार,ऊ त्यो बादलपारिको शहरमा बस्छ!!' औलाले बादलतिर देखाउदै भन्थी उसले।
       यसरी उनिहरु एकअर्काबिच नजिक थिए।१०+२ राम्ररी पास गर्‍यो उसले।आफ्नो पढाई अझ अगाडि बढाउने मनसाहे प्रकट गर्‍यो उसले,आफ्नी आमासँग।छोराको इच्छा पुरा गर्न आमा तयार भैइन्, रिन-धन गरेर किन नहोस्।अब ऊ आफ्नो सुन्दर भबिस्यको आकिर्ति कोर्न काठमाडौं जाने अठोट गर्‍यो।सबिता पनि आइ.. पास गरेर गाउको स्कुलमै पढाउन थालेकी थिई । गाउबाट छुट्नुआगि उसले एक पटक सबितालाई भेट्ने बिचार  गर्‍यो।बच्चादेखी नै भेट्ने ठाउँमा बोलायो उसले सबितालाई। ऊ आएपछि आफ्नो मनका सबै कुरा भन्यो।मनको प्रेमको सगरलाई छङ्लग्न पार्यो।सबिता पनि आफ्ना मनका भाबहरु पोख्न तल्लिन रही। सातजन्मसम्म सङ्गै बस्ने अठोट खाए दुबै जनाले । एक-अर्कोको आङ्गालोमा बाधिएर छुट्टिए।
       घर र सबितालाई छोडेर हिद्दा हुने पिडाले उसलाई सताइरहेको थियो।रातभर एक झिमिक आँखा चिम्लन सकेन उसले। उसले आफ्नो कर्तब्य बोध गर्दै थियो,'घरमा बिहे गर्न बाँकी ४ दिदीहरु,पनि चुहिएर ढल्न लागेको घर,बुढी आमाको दु:ख ।'अखिर जीवनको उद्धश्यप्रप्ति गर्न,गरिबीलाई आफ्नो जीवनबाट सदाका लागि अन्त गर्न र समाजको हितका लागि भएपनि उसले आफ्नो बाटो समाउनु थियो। 
       अन्ततह, झिस्मीसेमै उसले काठमाडौंको बाटो ततायो।
       बालमनसपटलमै दु:ख र अभाबको छाप परेको थियो उसमा। बसको सिसातिरको सिटमा बसेर ऊ सोच्दै थियो आफ्नो बारेमा।सपनाको संसारमा हराएको थियो ऊ।सबिताको प्यारमा आन्धो बनेको थियो।परिवारको खुशीको तानाबाना बुन्दै थियो। ऊ फर्केर हेर्दै थियो आफ्नो बिगत। आफु र सबिताको बिगत। ऊ भित्रको सबिता।सबिता भित्रको ऊ। आफ्ना बिगत केस्रा-केस्रा गरेर कोट्टाउँदै  थियो। एक-एक गरी!!