जिन्दगि
किताब भए निकालेर राख्नुहुन्थ्यो
आफ्नै टेबुलको छेउमा
र एक छिन
टोलाएर हेर्नुहुन्थ्यो आफु
थन्किएको आफ्नै टेबुलको छेउमा
|
जिन्दगि किताब भए फुर्सदको बेलामा आफ्नै बिगतका पानाहरु पल्टाउनुहुन्थ्यो
र आफ्नै
बाल्यकालका छेणहरु हेरी आफै
रमाउनुहुन्थ्यो |
जिन्दगि
किताब भए बाल्यकालका पानाहरुमा
आमाको न्यानो माया पाउनुहुन्थ्यो
र आफ्नै तोते
बोलिका शब्दहरुको उच्चारण
पनि गर्नुहुन्थ्यो |
जिन्दगि
किताब भए गोटा,ढ्याक
र गुच्चा खेलहरुको सम्झना
गर्दै
आमा बाबुको
औला समाउदै स्कुल गएको छेण
सम्झी टोलाउनुहुन्थ्यो |
स्कुलका
साथीहरुसंग खेल्दै र झगडा
गर्दै जिन्दगि
कखरा र ABCD
घोक्नु र
पढ्नु पनि हुन्थ्यो |
जिन्दगि
किताब भए स्कुलका ती मिठा
छेणको याद गर्दै
पु:न
स्कुल जाने कल्पनामा डुबीरहनु
हुन्थ्यो |
जिन्दगि
किताब भए निकालेर राख्नुहुन्थ्यो
आफ्नै टेबुलको छेउमा....
जिन्दगि किताब भए +२का लभ स्टोरीहरुका बारेमा पाना पल्टाउनुहुन्थ्यो
र निस्फिक्रीसंग
आफ्नै जीवन कथा पढी आफै
लजाउनुहुन्थ्यो |
साथीहरु
संगका गफ,पार्टी
र घुमाईका बारेमा पढ्दै जिन्दगि
ती छेणहरुलाई
कहिल्येइ नबिर्सिने कसम
खानुहुन्थ्यो |
जिन्दगि
किताब भए ब्याचलर र मास्टरको
स्वोतन्त्रताको याद गर्दै
आफ्नै कर्तब्य
र जिम्यबारी बोध गर्नु पनि
हुन्थ्यो |
जिन्दगि
किताब भए बिगतका दु:ख
र सुखलाई स्मरण गर्दै
भविस्यको
मार्गचित्र कोर्नुहुन्थ्यो
|
जिन्दगि
किताब भए धुजाधुजा भएको मन
टाल्न
किताबमा गाता
लगाउनुहुन्थ्यो र सुरक्छित
साथ जिन्दगि
आफ्नो दराजमा
थन्क्याउनुहुन्थ्यो |
जिन्दगि
किताब भए निकालेर राख्नुहुन्थ्यो
आफ्नै टेबुलको छेउमा
र एक छिन
टोलाएर हेर्नुहुन्थ्यो आफु
थन्किएको आफ्नै टेबुलको छेउमा
|
जिन्दगि
किताब भए जतन साथ राख्नुहुन्थ्यो
आफ्नै दराजको कुनामा
र एकछिन टोलाएर
हेर्नुहुन्थ्यो आफु थन्किएको
आफ्नै दराजको कुनामा |
haha k ho kta jameko cha ta writing ta.. lala keep it up
ReplyDeletehunu parena ta...anyway thanks dai....
ReplyDelete