Monday, February 1, 2016

कथा

हार्दिक: आेइ मुसी, हिँड जाउँ टिउसन!
अास्मा: धेरै नजिस्की है तँ मसित, तेरो ड्याडलाई भन्दिन्छु अनि था पाउँछस् ! जान्न म! तैं जा टिउसन सिउसन।
हार्दिक: नरिसा', तँ मेरो जिग्रि होइन?हिँड पानीपुरी ख्वाउँछु तलाई!
आस्मा: कति प्लेट खुवाउँछस्?
हार्दिक: दुई प्लेट सियोर ल!
आस्मा: ल ल हिँड!

हार्दिक र म एकै ठाउँमा हुर्किएका। इस्कुल देखि प्लस टु सम्म एउटै क्लासमा पढ्याैँ। ऊ मेरो मिल्ने साथी हो। इस्कुल जाँदा आउदा नि संगै भइन्थ्यो ऊ र म। विदामा सधैँ मेरो घरमा खेल्न आउँथ्यो सानो छदा। कहिले भाँडाकुटी खेलिन्थ्यो त कहिले लुकीडुम। भाँडाकुटी खेल्दा म चाँहि जहिले उस्को बुढी बन्नुपर्ने नभए रिसाइहाल्ने। एस्तै रमाइला छण संगै हाम्रो बाल्यकाल बित्यो।

आस्मा: तलाई कस्तो केटी मन पर्छ?
हार्दिक: मलाइ कोकाकोला जस्तो फिगर भा'को कटी मन पर्छ। (जिस्किँदै) हेर्दै जा दाइले कस्तो केटी पट्याउँछ!
आस्मा: तलाई म कस्तो लाग्छ?
हार्दिक: मुसी, हाहाहा.....
आस्मा: मोर'जा...

कलेजमा पब्लिक लाइब्रेरीलाई डोनेटको लागि भनेर किताब कलेक्ट गर्ने कार्यक्रम थियो। यो हामी आफैँले सुरु गरेकाले सफल पार्नु थियो जसरी भएनि। हार्दिक किताब डोनेटरको नाम टिप्दै थियो। त्यतिबेला एउटा केटी किताब लिएर आई।
हार्दिक: हाई, तिम्रो नाम प्लिज!
सोमा: हेलो, म सोमा अनि तिमि?
हार्दिक: हार्दिक..(हाँस्दै) यो चाँहि मेरो जिग्री आस्मा!
आस्मा: हाई !
सोमा: हाई !

जिवनमा पहिलो पटक डाहा लाग्यो मलाई हार्दिकको सोमा संगको अन्तरक्रिया देखेर। मनमा धेरै कुराहरु खेल्न थाले। मन फुरुङ्ग भए जस्तो लाग्यो। कल्पनाका सगरमा डुब्न थाले म। ऐनामा आफ्नो अनुहार हेरी लजाउँन थालेँ, बाहिरि सैन्दर्यमा ध्यान दिन थालेँ। धेरै सोचे अनि था'भो म हार्दिकलाई मन पराउँन थालेछु। समय बित्दै गयो।
(एक दिन कलेजमा)
हार्दिक: आेइ, मलाई सोमा अत्ति मन पर्छ। के गर्ने होला भन न?
आस्मा: (एकछिन सोचेर) गएर भन्दे न त!
हार्दिक: तँ गएर भन्दे न प्लिज...!!!
आस्मा: ह्या सक्दिन म...आँफै जा।

(To be continued..)

No comments:

Post a Comment