यहाँ वीरताको चिनो कुनै बहाना हुदैँन
बाघ बुढो र स्याल तन्नेरी तुलना हुँदैन
मान्छे कति स्वार्थी हुन्छ समयले बताउँछ
देश छाडेसी मातृभूमिको सम्झना हुदैँन
मान्छेहरु गच्छे अनुसार सपना देख्छन
खै को होला र त्यो जस्को कुनै सपना हुँदैन
दाजु दिदि पेट्रोलको लाइनमै मस्त छन
जंजिर फुकाउने यहाँ कुनै हस्त हुदैँन
आजकल राष्ट्रवाद रित्तिनै सक्यो साथी
राष्ट्रका दलाललाई किन हर्जना हुदैँन
शुन्य एकको पछाडी राखे हिसाब अर्कै हुन्छ
तर शुन्यमा एक जोडे शुन्यको गणना हुँदैन ।
बाघ बुढो र स्याल तन्नेरी तुलना हुँदैन
मान्छे कति स्वार्थी हुन्छ समयले बताउँछ
देश छाडेसी मातृभूमिको सम्झना हुदैँन
मान्छेहरु गच्छे अनुसार सपना देख्छन
खै को होला र त्यो जस्को कुनै सपना हुँदैन
दाजु दिदि पेट्रोलको लाइनमै मस्त छन
जंजिर फुकाउने यहाँ कुनै हस्त हुदैँन
आजकल राष्ट्रवाद रित्तिनै सक्यो साथी
राष्ट्रका दलाललाई किन हर्जना हुदैँन
शुन्य एकको पछाडी राखे हिसाब अर्कै हुन्छ
तर शुन्यमा एक जोडे शुन्यको गणना हुँदैन ।
No comments:
Post a Comment