Friday, January 31, 2014

In memory of my hostel block when i was in +2...

Guys!! This poem was actually written by Tufan Bhattarai in my diary for memory and fun....:)hope you like it..

प्रिय साथि दीपक तिमि सधै भरि हासीराख
सफलताको चुचुरामा पाइला सदा राखिराख 
नाम तिम्रो दीपक छ ज्योती सधै छरीराख 
कर्म अशल गरीकन गगनचुम्बन  जारीराख ||
ढिकुर पोखरी को केटो  काठ माडौ मा आयेउ अरे 
कडा मिहेनेत गरिकन goldengate मा पढ़ेउ अरे 
होस्टेलको पानि ले त तालु सबै खुइल्यो भन्दै 
पढ्न थालेउ कम्मर कसी IOE को दिन गन्दै ||
होस्टेलमा बस्थेउ तिमि गन्जी कट्टु लगाएर 
आबेश, तुफान, आचार्य लाई पढाईमा सघाएर 
खैरेको त room-mate  थियेउ हुने नै भो रमाइलो 
घाम लाग्दा दीपक तिम्रो कोठा हुन्थ्यो घमाईलो||
फूटबल खेल्थ्योऊ होस्टेलमा building को टिम बनाई
खत्रा लाग्थ्यो टाढा देखि ड्याम्म तिम्रो पोस्टमा हनाइ 
होस्टेलका त्यत्रा पार्टी दीपक  तिमि बिर्सिन्छौ र ??
IOE मा टपेउ अरे के यो कुरो साचै हो र ?

मुकेश, अनुप, प्रभात सुबाश, नीरोज संगै बस्थे माथि 
सबैजना भए होलान् सँधै तिम्रा मिल्ने साथि 
ससेज पार्टी अनि अम्लेट sponshorship खैरे  गर्थ्यो 
दीनेशसंग बाहिर जान भुतुक्कै मर्थ्यो 
अरुन, बाबा बलात्कारी सन्जोग अनि रोमन भाई
पोख्रेल अरुन room -mate  थिए, रोमनसंग चाँही खैरेको भाई ||
तलबाट प्रभात आउथ्यो अरुनलाई भेट्न भनि 
दलाली चाहिँ सही गर्थ्यो हिसाब राख्थ्यो गनी गनी ||
प्रवेश भर्गाब तल बस्थे आउथे माथि गफ हान्न 
खैरेलाई जाऊ भनि तिनै जना जान्थे तान्न 
पन्जा लड़ाउथ्यो सधै बलियो हाम्रो केशी भाई
बाह्रको जांच अघि नै भनियो उसलाई बाइ- बाइ 
बाँकी रहे चिङ्गचोंगे र तलको त्यो निखिल कट्टु 
 CEO कि छोरी पट्याई माज्दा चढ्ने भयो भक्कु 
बन्दुक बनाइ  चिङ्गचोंगेले माथि ल्याई देखाउथ्यो  
बोको भन्दै टाउको मेरो दरोसङ्ग सेक्काउथ्यो 
येस्तै हो है दीपक जिग्री गफ कहिलेइ सकिदैन 
हाम्रो मित्रताको गारो अब कहिलेइ  मर्किदैन ||

Friday, January 24, 2014

जिन्दगि किताब भए.....

जिन्दगि किताब भए निकालेर राख्नुहुन्थ्यो आफ्नै टेबुलको छेउमा
र एक छिन टोलाएर हेर्नुहुन्थ्यो आफु थन्किएको आफ्नै टेबुलको छेउमा |

जिन्दगि किताब भए फुर्सदको बेलामा आफ्नै बिगतका पानाहरु पल्टाउनुहुन्थ्यो
र आफ्नै बाल्यकालका छेणहरु हेरी आफै रमाउनुहुन्थ्यो |
जिन्दगि किताब भए बाल्यकालका पानाहरुमा आमाको न्यानो माया पाउनुहुन्थ्यो
र आफ्नै तोते बोलिका शब्दहरुको उच्चारण पनि गर्नुहुन्थ्यो |
जिन्दगि किताब भए गोटा,ढ्याक र गुच्चा खेलहरुको सम्झना गर्दै
आमा बाबुको औला समाउदै स्कुल गएको छेण सम्झी टोलाउनुहुन्थ्यो |
स्कुलका साथीहरुसंग खेल्दै र झगडा गर्दै जिन्दगि
कखरा र ABCD घोक्नु र पढ्नु पनि हुन्थ्यो |
जिन्दगि किताब भए स्कुलका ती मिठा छेणको याद गर्दै
पु:न स्कुल जाने कल्पनामा डुबीरहनु हुन्थ्यो |
जिन्दगि किताब भए निकालेर राख्नुहुन्थ्यो आफ्नै टेबुलको छेउमा....

जिन्दगि किताब भए +२का लभ स्टोरीहरुका बारेमा पाना पल्टाउनुहुन्थ्यो
र निस्फिक्रीसंग आफ्नै जीवन कथा पढी आफै लजाउनुहुन्थ्यो |
साथीहरु संगका गफ,पार्टी र घुमाईका बारेमा पढ्दै जिन्दगि
ती छेणहरुलाई कहिल्येइ नबिर्सिने कसम खानुहुन्थ्यो |
जिन्दगि किताब भए ब्याचलर र मास्टरको स्वोतन्त्रताको याद गर्दै
आफ्नै कर्तब्य र जिम्यबारी बोध गर्नु पनि हुन्थ्यो |
जिन्दगि किताब भए बिगतका दु:ख र सुखलाई स्मरण गर्दै
भविस्यको मार्गचित्र कोर्नुहुन्थ्यो |
जिन्दगि किताब भए धुजाधुजा भएको मन टाल्न
किताबमा गाता लगाउनुहुन्थ्यो र सुरक्छित साथ जिन्दगि
आफ्नो दराजमा थन्क्याउनुहुन्थ्यो |
जिन्दगि किताब भए निकालेर राख्नुहुन्थ्यो आफ्नै टेबुलको छेउमा
र एक छिन टोलाएर हेर्नुहुन्थ्यो आफु थन्किएको आफ्नै टेबुलको छेउमा |
जिन्दगि किताब भए जतन साथ राख्नुहुन्थ्यो आफ्नै दराजको कुनामा
र एकछिन टोलाएर हेर्नुहुन्थ्यो आफु थन्किएको आफ्नै दराजको कुनामा |