भूगोलमा
नहराएको देश
सिन्दुमा
हराएको बिन्दुझैँ
जब
मान्छेहरुका मन भित्र बिलाउँछ
उत्तरीय क्षितिजको पर्दा
खोलेर
कहिले
हिउँले
सजिएका थुप्राहरु रुन्छन
आशुले
टिलपिल्ल तालहरु
नफुटाउ
भन्दै
पन्चासे
डाँडामा।
भट्किएका
पुर्खाहरुका आत्माहरु
मलाई
लाग्छ
त्यहाँ
कतै हराएका छन्
रोइला
र तमांग सेलोका गीत
कोइली
बिरक्तिएर
हर
दिन हर रात
एउटा
सानो संसार
जहाँ
घर छन् तर मान्छे छैनन्
ए,कहाँ
हराए होला
यहाँका
बुद्धिजिबी मानवहरु ?
कहाँ
गए होला
देउरालीमा
बासुरी बजाउने भरियाहरु ?
लेकाली
हावामा
भुटेको
मकै र भटमास चपाउदै
कसले
सुन्ने
खरबारीका
अजम्बरी व्यथाहरु
मेरो
देश !
मेरो
मुटुको धड्कन
उफ्
!
पुग्यो
अब
तिमी
सेतो छाला भएकाहरुलाई
मात्र
एउटा प्राचिन संग्रालय नबनिदेउ
आफ्नो
अस्तित्व बिर्सिएर तिमी
आफैँलाई जिउँदो लास नगनिदेउ।