Friday, January 24, 2014

जिन्दगि किताब भए.....

जिन्दगि किताब भए निकालेर राख्नुहुन्थ्यो आफ्नै टेबुलको छेउमा
र एक छिन टोलाएर हेर्नुहुन्थ्यो आफु थन्किएको आफ्नै टेबुलको छेउमा |

जिन्दगि किताब भए फुर्सदको बेलामा आफ्नै बिगतका पानाहरु पल्टाउनुहुन्थ्यो
र आफ्नै बाल्यकालका छेणहरु हेरी आफै रमाउनुहुन्थ्यो |
जिन्दगि किताब भए बाल्यकालका पानाहरुमा आमाको न्यानो माया पाउनुहुन्थ्यो
र आफ्नै तोते बोलिका शब्दहरुको उच्चारण पनि गर्नुहुन्थ्यो |
जिन्दगि किताब भए गोटा,ढ्याक र गुच्चा खेलहरुको सम्झना गर्दै
आमा बाबुको औला समाउदै स्कुल गएको छेण सम्झी टोलाउनुहुन्थ्यो |
स्कुलका साथीहरुसंग खेल्दै र झगडा गर्दै जिन्दगि
कखरा र ABCD घोक्नु र पढ्नु पनि हुन्थ्यो |
जिन्दगि किताब भए स्कुलका ती मिठा छेणको याद गर्दै
पु:न स्कुल जाने कल्पनामा डुबीरहनु हुन्थ्यो |
जिन्दगि किताब भए निकालेर राख्नुहुन्थ्यो आफ्नै टेबुलको छेउमा....

जिन्दगि किताब भए +२का लभ स्टोरीहरुका बारेमा पाना पल्टाउनुहुन्थ्यो
र निस्फिक्रीसंग आफ्नै जीवन कथा पढी आफै लजाउनुहुन्थ्यो |
साथीहरु संगका गफ,पार्टी र घुमाईका बारेमा पढ्दै जिन्दगि
ती छेणहरुलाई कहिल्येइ नबिर्सिने कसम खानुहुन्थ्यो |
जिन्दगि किताब भए ब्याचलर र मास्टरको स्वोतन्त्रताको याद गर्दै
आफ्नै कर्तब्य र जिम्यबारी बोध गर्नु पनि हुन्थ्यो |
जिन्दगि किताब भए बिगतका दु:ख र सुखलाई स्मरण गर्दै
भविस्यको मार्गचित्र कोर्नुहुन्थ्यो |
जिन्दगि किताब भए धुजाधुजा भएको मन टाल्न
किताबमा गाता लगाउनुहुन्थ्यो र सुरक्छित साथ जिन्दगि
आफ्नो दराजमा थन्क्याउनुहुन्थ्यो |
जिन्दगि किताब भए निकालेर राख्नुहुन्थ्यो आफ्नै टेबुलको छेउमा
र एक छिन टोलाएर हेर्नुहुन्थ्यो आफु थन्किएको आफ्नै टेबुलको छेउमा |
जिन्दगि किताब भए जतन साथ राख्नुहुन्थ्यो आफ्नै दराजको कुनामा
र एकछिन टोलाएर हेर्नुहुन्थ्यो आफु थन्किएको आफ्नै दराजको कुनामा |

2 comments:

  1. haha k ho kta jameko cha ta writing ta.. lala keep it up

    ReplyDelete
  2. hunu parena ta...anyway thanks dai....

    ReplyDelete